दल

कांग्रेसले बाहेक देशको विकास अन्य पार्टीले गर्न सक्दैन : मोहन बस्नेत

इकागज |
बैशाख २२, २०८१ शनिबार १८:५१ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले गठबन्धनका कारण पार्टीमा भएको नोक्सानीको पाठ सिक्नुपर्ने बताएका छन् ।

शनिबार काभ्रेको भुम्लु गाउँपालिका कार्य समितिको प्रथम सम्मेलन उद्घाटन गर्दै बस्नेतले गठबन्धनका कारण पार्टीले जित्ने सिट पनि अन्य पार्टीलाई दिनुपर्ने बाध्यताका कारण भएको नोक्सानीको पाठ सिक्नुपर्ने बताएका हुन् । उनले यसअघिको निर्वाचनमा गठबन्धनमा बेमेल हुँदा पनि केही स्थानमा पराजय भोग्नुपरेको जिकिर गरे ।


स्थानीय पालिकालाई अधिकार दिएर केन्द्रले गठबन्धन गर्नुपर्ने आफू सुरुदेखिकै प्रस्ताव रहेको उनको भनाइ छ । बस्नेतले कांग्रेसले बाहेक देशको विकास अन्य पार्टीले गर्न नसक्ने भन्दै प्रचार हुन नसकेको धारणा राखे ।


Author

थप समाचार
x