दल

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्छ : सोमप्रसाद पाण्डे

इकागज |
बैशाख ४, २०८१ मंगलबार १७:५२ बजे

फाइल फाेटाे

काठमाडाैँ - नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नै दलले गर्ने बताएका छन् ।

रिपोटर्स क्लव नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पाण्डेले सुदूरपश्चिममा पनि केन्द्रकै गठबन्धन कायम रहने र प्रदेश सरकारको नेतृत्व आफ्नै दलले गर्ने यसअघि भएको भद्र सहमति लागु हुने बताए ।


उनले अहिलेको सत्ता गठबन्धन कुनैपनि हालतमा नटुट्ने दाबी गरे । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नो दलले पाउने भद्र सहमति हुँदापनि त्यो कार्यान्वयनमा आनाकानी भएपछि अहिलेको परिस्थिति उत्पन्न भएको उनले बताए । तर, आजबाट नयाँ परिस्थितिको निर्माण भएकोले अब गठबन्धनमा समस्या नहुने उनको भनाइ छ । उनले सुदूरपश्चिममा सरकार गठनमा आफ्नो दलको भूमिकालाई लिएर अध्यक्ष माधव नेपालमाथि शंका नगर्नपनि आग्रह गरे । 


Author

थप समाचार
x