दल

महाधिवेशनका लागि आगामी वैशाख २२ भित्र प्रतिनिधि चयन गर्ने नेकपा एसको निर्णय

इकागज |
माघ २५, २०८० बिहीबार १८:५७ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले आगामी महाधिवेशनका लागि आगामी वैशाख २२ गतेभित्र प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको सचिवालय बैठकले आगामी महाधिवेशनका निम्ति २०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो । त्यसका लागि आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अद्यावधि, विस्तार गरिसक्ने निर्णय भएको समाजवादीले जनाएको छ । बैठकले आगामी फागुन मसान्तसम्म दस्तावेज तयार गर्ने र आगामी महाधिवेशनमा कामका आधारमा (सदस्यता, नवीकरण, संगठन विस्तार आदी) १० जिल्लालाई सम्मानित गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।


त्यस्तै माघ २५ देखि चैत २५ सम्म संगठन सुदृढीकरणको अभियान सञ्चालन गर्ने समाजवादीले जनाएको छ । 


Author

थप समाचार
x