दल

इलाम पुगेर डा. शेखर कोइरालाले भने : कांग्रेस कमजोर छैन, उपनिर्वाचनमा हाम्रो जित हुन्छ

इकागज |
बैशाख ३, २०८१ सोमबार १८:३ बजे

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा शेखर कोइरालाले कांग्रेस कमजोर नरहेको बताएका छन् । सोमबार इलाममा उपनिर्वाचन लक्षित प्रचारप्रसार कार्यक्रममा उनले कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिन पनि इलाम-२ को उपनिर्वाचनमा कांग्रेसले जसरी पनि जित्ने दाबी गरे ।

'कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरू चिन्तित छन् । सबैको मनोबल बढाउनु पर्ने छ । हाम्रा लागि यो उप निर्वाचन प्रतिष्ठाको बिषय भएको छ,' कोइरालाले भने ।


उनले कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टीभित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न इलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए ।

उपनिर्वाचनको प्रचारका लागि इलाम पुगेका कोइरालाले जति जना आकांक्षी भए पनि टिकट एक जनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताहरूले मन दुखाउन नहुने बताए ।

कोइरालाले यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको भन्दै कांग्रेसका हरेक कार्यकर्ताले म नै उम्मेदवार हुँ भनेर निर्वाचनमा लाग्न समेत निर्देशन दिए ।


Author

थप समाचार
x