दल

राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक जारी

इकागज |
चैत ३०, २०८० शुक्रबार १३:१ बजे

फाइल तस्बिर

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

बैठकमा चैत २७ गते काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा भइरहेको उनले बताए । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही घाइते भए पनि समग्रमा प्रदर्शन सफल भएको निष्कर्ष सुनाएका छन् । 



Author

थप समाचार
x