समाज

कतारबाट फर्केका सिकेन्द्रलाई अपहरण गर्ने दुई युवक सिनामंगलबाट पक्राउ

इकागज |
बैशाख १८, २०८१ मंगलबार १५:६ बजे

काठमाडौँ- कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको छ । सोमबार कतारबाट काठमाडौँ आएका सप्तरीका सिकेन्द्र यादवलाई बन्धक बनाएको अवस्थामा सिनामंगलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको हो ।

प्रहरीले सिकेन्द्रलाई बन्धक बनाएको आरोपमा अजिम अली र एमडी सहनीलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।


सिकेन्द्रलाई ४ लाख ८० हजार रुपैयाँ माग गर्दै एउटा कोठामा बाँधेर राखेका थिए,' उनले भने । उनका अनुसार सर्लाही मलंगवा ३ का २५ वर्षीय अजीम अली र २५ वर्षीय एमडी सनही अलाही छन् ।


Author

थप समाचार
x