दल

कांग्रेसका तीन सांसदले दर्ता गरे सम्पत्ति छानबिनसम्बन्धी जरुरी महत्वको प्रस्ताव

इकागज |
चैत २७, २०८० मंगलबार १८:५३ बजे

काठमाडौँ- नेपाली कांग्रेसका तीन सांसदहरूले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्नुपर्ने भन्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्दै कांग्रेसका सांसदहरू धनराज गुरुङ, बद्रि पाण्डे र जीवन परियारले ०५८ फागुनमा गठन भएको सम्पत्ति जाँचबुझसम्बन्धी न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयन गर्ने विषयमा छलफलको माग गरेका छन् ।



Author

थप समाचार
x