समाज

पोखराको फुस्रे खोलामा बालकको शव फेला

इकागज |
बैशाख २३, २०८१ आइतबार २०:५५ बजे

पोखरा- पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले बालकको शव निकालेको हो ।

शवको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाइ छ । अन्दाजी १५ वर्षीय बालक अपराह्न ४ बजेतिर डुबेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।


यसअघि आइतबार नै १४ वर्षीय बालकको शव फेला परेको थियो । मृत्यु हुनेमा पोखरा-५, मालेपाटनका १४ वर्षीय सोनाम सुवेदी रहेका छन् ।

पोखरा-१८, खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा पौडी खेल्ने क्रममा उनी डुबेका थिए । १५ वर्षीय साथी सञ्जय कार्कीसँगै उनी पौडी खेल्न गएका थिए ।

सोनाम डुबेको थाहा पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीले उनलाई दिउँसो २ बजेर २४ मिनेटमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त शर्माले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x