दल

दुई दिनसम्म डा. शेखर कोइराला लुम्बिनी प्रदेशमा रहने

इकागज |
चैत २७, २०८० मंगलबार १४:३७ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाल कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइराला आगामी दुई दिनसम्म लुम्बिनी प्रदेशमा रहने भएका छन् । कोइरालाका सचिवालयका अनुसार उनी चैत्र २८  र २९ गते लुम्बिनी प्रदेशमा हुने विभिन्न कार्यक्रममा सहभागिताका लागि जाने भएका हुन् ।

कोइराला बुधबार २८ गते बौद्ध विश्वविद्यालयको पुस्तकालय सभा हलमा हुने नेपाल शिक्षक संघको २३ औं संघीय प्रतिनिधि सभा उद्घाटन र २९ गते नेपाली कांग्रेस दाङको जिल्ला सम्मेलन उद्घाटनमा सहभागी हुनेछन् ।


लुम्बिनी प्रदेशमा रहँदा प्रजातान्त्रिक धारका विभिन्न व्यक्तिहरूसँग भेटघाट गर्ने छन् । सामाजिक तथा पार्टीका पुराना नेताहरूसँग छलफलसमेत गर्ने छन् ।

यसअघि पनि कोइराला गिरिजा प्रसाद कोइरालाको १४ औ स्मृतिमा बुटवल पुगेका थिए । उनी त्यहाँ रहँदा प्रदेश र जिल्लाका सभापतिदेखि पुराना नेताहरूसँग प्रतिक्रिया गरेका थिए ।

 


Author

थप समाचार
x