दल

राप्रपा सत्ताको खेलमा लाग्दैन : अध्यक्ष लिङ्देन

इकागज |
चैत १९, २०८० सोमबार १७:५२ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू सत्ताको खेलमा नलाग्ने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले वर्तमान गठबन्धन टिकाउन र गठबन्धन भत्काउन आफूहरूलाई दुवै पक्षबाट आग्रह आएको भए पनि आफूहरू सत्ताको खेलमा नलाग्ने बताएका हुन् ।


राप्रपा अध्यक्ष लिङ्देनले केही स्थानीय तह र केही प्रदेश सभाको सभामुखमा बाहेक सत्ताका लागि कतै र कुनै खेलमा नलागेको बताए । मुलुकको वर्तमान अवस्था व्यवस्थाका कारण भएकाले व्यवस्था परिवर्तन नगरी मुलुकको समस्या समाधान नहुने भएकाले अहिले जनजागरण अभियानमा जुटेको उनले बताए ।

अध्यक्ष लिङ्देनले अमेरिकाका राजदूतले धर्मप्रति अनास्था फैलाउन कुनै पनि देशमा सहयोग नगरेको स्पष्ट पारेको जानकारी दिए । उनले भारतीय जनता पार्टीले नेपालमा हिन्दु राज्यका लागि अनुदान दिएको उल्लेख भएको रिपोर्ट अमेरिकाले सच्याएको भन्दै बाहिर हल्ला भए जस्तो नभएको बताए । 


Author

थप समाचार
x