दल

आम जनता पार्टीले वैशाख २० मा भन्सार विभाग घेराउ गर्ने

इकागज |
बैशाख १८, २०८१ मंगलबार १८:५८ बजे

काठमाडौँ- आम जनता पार्टी (आजपा) को काठमाडौँ उपत्यका विशेष कमिटीको बैठक सम्पन्न भएको छ। वैशाख २० गते भन्सार विभाग घेराउ गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधानविरुद्ध निर्णायक आन्दोलन गरिने आजपा अध्यक्ष प्रभु शाहले बताए । उनले आजको बैठकले पार्टी संगठन विस्तारको कार्ययोजना समेत निर्माण गर्ने निर्णय गरिएको जानकारी दिए ।


भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रका जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द गर्न र भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधान हटाउन झण्डै ६ महिनादेखि आजपाले निरन्तर संघर्ष गर्दै आएको उनको भनाइ छ ।


Author

थप समाचार
x