दल

रेशम चौधरीको आरोप : सत्ता गठबन्धनको हस्तक्षेपका कारण पार्टीमा विवाद उत्पन्न भएको हो

इकागज |
चैत १९, २०८० सोमबार १७:२९ बजे

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सत्ता गठबन्धनको हस्तक्षेपका कारण पार्टीमा विवाद उत्पन्न भएको आरोप लगाएका छन् ।

सोमबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले वर्तमान सरकारले पार्टी चलाएकाले पार्टीभित्र विवाद उत्पन्न भएको आरोप लगाएका हुन् । चैत्र २३ र २४ गते केन्द्रीय समितिको बैठक बोलाएको भन्दै उनले पार्टी भित्र अराजक गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिए ।


चौधरीले सरकारका जाने कि नजाने विषयमा पार्टीमा विवाद भएको तर कसैमाथि पनि हातपात नभएको जिकिर गरे । आफूले कसैलाई हत्या गर्ने धम्की नदिएको भन्दै उनले आफूहरू चाहिँ असुरक्षित भएको बताए ।

उनले पार्टीलाई अहिलेसम्मको अवस्थामा ल्याउन आफूले ठूलो मेहनत गरे पनि घरकै मान्छेले कुरा नसुन्दा ठूलो समस्या भएको धारणा राखे ।


Author

थप समाचार
x