दल

रेशम चौधरीको टिप्पणी : हल्लाको पछाडि नलागौँ, पार्टी कसैको पेवा होइन

इकागज |
चैत १९, २०८० सोमबार १७:१२ बजे

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी कसैको पेवा नभएको टिप्पणी गरेका छन् ।

सोमबार पार्टीको बैठकमा कुटाकुट भएको विषय सार्वजनिक भएपछि टिप्पणी गर्दै चौधरीले अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गर्दै चैत्र २३ र २४ गते हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ त्यसलाई स्वीकार्ने बताएका हुन् ।


उनले भनेका छन्, 'पार्टीको बैठकमा कसले कसलाई हातपात गर्‍यो ? ज्यान मार्ने धम्की कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरूको पछाडि हामी लाग्दैनौँ । अनावश्यक हो हल्लाको पछि नलागौँ । चैत २३ र २४ हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ त्यही स्वीकार्ने हो । पार्टी कसैको पेवा होइन पहिचान बादीहरूको साझा आवाज हो ।'

नाउपाको आज अनामनगरस्थित पार्टी कार्यालयमा चौधरी समर्थक केन्द्रीय सदस्यले अध्यक्ष रन्जिता समर्थक केन्द्रीय सदस्यलाई कुटपिट गरेको र ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ ।


Author

थप समाचार
x