दल

माओवादी केन्द्रीय समिति बैठक सुरू (फोटो फिचर)

इकागज |
साउन १७, २०८० बुधबार १३:५८ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बैठक सुरु भएको हो । 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेकाले कमीकमजोरी स्वीकार्न डराउन नहुने बताए । 


जनताको पक्षमा काम गरिरहेको गठबन्धन सरकारलाई अझै अझ प्रभावकारी बनाउन सुरु भएको केन्द्रीय समिति बैठकले भूमिमका खेल्ने विश्वास लिएको उनको भनाइ छ । 

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेका छन् ।

तस्बिर : अनुज बज्रचार्य/इकागज, प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय, न्युजकारखाना
 


Author

थप समाचार
x