समाज

बलम्बुमा सडकमा पार्किङ गरी राखेको बसमा आगलागी, पूर्ण रूपमा जलेर नष्ट

इकागज |
बैशाख १७, २०८१ सोमबार १८:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार बलम्बुमा बा३ख ६१७३ नंको मिनी बसमा आज आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको हो । 


उक्त बस विगत दुई वर्षदेखि सो ठाउँमा पार्किङ गरिराखेको जानकारीमा आएको र आगो कसले लगायो भनेर नखुलेको उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच, काठमाडौँ प्रहरीले विभिन्न मिति तथा समयमा हराएका एवं चोरी भएका चार थान स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतमा खोजतलासका लागि अनुरोध गरिएका सवारी साधनहरूको खोजतलास गरी फेला परेका स्कुटर जिल्ला प्रहरी परिसर काठमाडौँले धनीलाई हस्तान्तरण गरेको हो ।


Author

थप समाचार
x