दल

तस्बिरमा माओवादी स्थायी कमिटी बैठक

इकागज |
साउन १७, २०८० बुधबार १०:१६ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

आजबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठक अघि माओवादी पदाधिकारी बैठक बसेको थियो, सो लगत्तै स्थायी कमिटी बैठक बोलाइएको थियो । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारी छ । 


पाँच दिनसम्म जारी हुने केन्द्रीय समिति बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिहान ८ बजे पदाधिकारी बैठक बसेको हो र सो लगत्तै स्थायी कमिटी बैठक बोलाएर पदाधिकारी बैठकले पारित गरेका अजेन्डा अनुमोदन गर्ने कार्यसूची रहेको छ । 

पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको सो बैठकले केन्द्रीय समितिमा पेश हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरे पछि ११ बजे देखी सुरु हुने भनिएको केन्द्रीय समितिमा प्रस्तुत हुनेछ ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् । 

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x