दल

सिके राउतको जनमत पार्टीले खोल्यो खाता, मेयरमा माझी निर्वाचित

इकागज |
जेठ ४, २०७९ बुधबार ११:११ बजे

काठमाडौँ- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा डा. सिके राउतको जनमत पार्टीले जितेको छ । जनमत पार्टीका मेयर पदका उम्मेदवार वीरेन्द्र माझीले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार शैलेश साहलाई हराउँदै जितेका हुन् ।

माझीले ६ हजार ४०७ मत पाए भने साहले ६ हजार २४६ मत ल्याएका थिए । माझीले १६१ मत अन्तरले जितेका हुन् ।


स्थानीय तह निर्वाचनमा जनमत पार्टीको यो पहिलो जित हो ।


Author

थप समाचार
x