संसद्

बिषयगत समितिका सभापतिहरुले पद तथा गोपनीयताको सपथ लिए

इकागज |
चैत ५, २०८० सोमबार १३:३० बजे

फाइल फोटो/इकागज

काठमाडौँ - राष्ट्रियसभा अन्तर्गत दुइवटा बिषयगत समितिका सभापतिहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । 

राष्ट्रियसभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सपथ खुवाएका हुन् । 


दुई समितिको सभापतिमा एकमात्रै उम्मेद्वारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएका थिए । त्यसअघि सोमबार नै बसेको दुईवटा समिति बैठकले उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । 


Author

थप समाचार
x