संसद्

राष्ट्रियसभाअन्तर्गत दुई विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

इकागज |
चैत ३, २०८० शनिबार १४:३५ बजे

काठमाडौँ- राष्ट्रियसभाअन्तर्गत दुईवटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।

दुई समितिको सभापतिका लागि शनिबार उम्मेदवारी दर्ता भएको थियो । सो क्रममा एकल उम्मेदवारी परेको हो । राष्ट्रियसभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोनाम गोल्जेन शेर्पाको मात्रै उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा गोपीबहादुर सार्की अछामी रहेका छन् भने समर्थकमा इन्दिरा देवी गौतम र दुर्गा गुरुङ प्रस्तावक रहेका छन् ।


त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मात्रै उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा नारायण दत्त भट्ट र समर्थकमा शारदा देवी भट्ट रहेको संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

आइतबार दुवै समितिको बैठकले एकमात्रै उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा हुने उनले बताए । राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत ४ गतेका लागि तोकिएको थियो । 


Author

थप समाचार
x