प्रदेश / स्थानीय सरकार

बागमतीमा हानेपा सरकारमा सामेल, मुख्यमन्त्री जम्मकट्टेललाई राहत

इकागज |
चैत १५, २०८० बिहीबार १९:२२ बजे

हेटौंडा- बागमती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बिहीबार हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनाएर सरकार विस्तार गरेका हुन् । बज्राचार्यले आजै मन्त्री पदको शपथ लिएका छन् ।

अब बागमती प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सामेल भएका छन् । भने, एमाले केही दिनभित्र सरकारमा सामेल हुने जनाइएको छ ।


११० सदस्यीय बागमती प्रदेशमा हालको नयाँ सत्ता समीकरणसँग ५५ सिट मात्र रहेकाले २ सिट रहेको हानेपा निर्णायक रहेको थियो ।


Author

थप समाचार
x