साहित्य

‘फातसुङ’को अंग्रेजी संस्करण भारतको जेसीबी पुरस्कारको सूचीमा

इकागज |
भदौ १८, २०७९ शनिबार १२:९ बजे

काठमाडौँ - छुदेन काबिमो लिखित उपन्यास ‘फातसुङ’को अंग्रेजी अनुवाद ‘सङ अफ दि सोइल’ भारतको प्रतिष्ठित पुरस्कार जेसीबी प्राइजको सूचीमा परेको छ । लेखक छुदेनले सामाजिक सञ्जालमा यसको जानकारी दिँदै नेपाली कथा पुरस्कारको मनोनयनमा परेकोमा दंग परेको प्रतिक्रिया दिएका छन् । 

उनले लेखेका छन्, ‘पुरस्कार जित्नु नजित्नु अब दोस्रो कुरा भयो । यहाँसम्म आइपुग्दा नेपाली साहित्यले धेरै कुरा जितिसक्यो ।’ सन् २०१८ मा स्थापना भएको यो पुरस्कार अं्रग्रेजी भाषामा लेखिएका कृतिलाई प्रदान गरिँदै आएको छ । आयोजकले पहिलो चरणमा लामो सूची सार्वजनिक गरेको हो । यसमा ‘सङ अफ दि सोइल’बाहेक बाँकी ९ पुस्तक समावेश छन् ।


सेम्टेम्बरमा अन्तिम सूची सार्वजनिक गरिने आयोजकले जनाएको छ । यो पुस्तकलाई नेपालीबाट अंग्रेजीमा अजित बरालले अनुवाद गरेका हुन् । यो पुरस्कारको राशि २५ लाख भारतीय रुपैँया रहेको छ । गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा लेखिएको उपन्यासले असफल आन्दोलनले बिचल्ली पारेको सपनाको कथा प्रस्तुत गर्छ । 


Author

थप समाचार
x