साहित्य

‘चक्रव्यूहमा नेपालको जलस्रोत’ लोकार्पण

इकागज |
साउन १६, २०७९ सोमबार १५:५६ बजे

काठमाडौँ- द्वारिकानाथ ढुङ्गेलकाे पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ काे लोकार्पण गरिएकाे छ । साेमबार एक कार्यक्रममार्फत् साे पुस्तककाे लोकार्पण गरिएकाे हाे ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री लाेकेन्द्रबहादुर चन्द, राप्रपा नेता पशुपति शम्शेर जबरा, मजदुर किसान पार्टी नेता प्रेम सुवाल, पूर्वमन्त्री दिपकुमार उपाध्यायलगायतले पुस्तककाे लोकार्पण गरेका थिए ।


लेखक द्वारिकानाथ ढुङ्गेल पूर्वजलस्रोत सचिव हुन् । उनले नेपालको जलस्रोत चक्रव्यहूमा फसेको निष्कर्ष निकाल्दै साे पुस्तक प्रकाशन गरेका हुन् । सिमल बुक पब्लिकेसनमार्फत् उनले चक्रव्यूहमा नेपालको जलस्रोत नामक पुस्तक प्रकाशन गरेका हुन् । 


Author

थप समाचार
x