साहित्य

१ लाख पुरस्कार राशीको बाह्रखरी कथा प्रतियोगिता हुँदै : यस्ता छन् शर्त

इकागज |
साउन १५, २०७९ आइतबार १७:४० बजे

काठमाडौँ– नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्ने क्रमलाई निरन्तरता दिँदै बाह्रखरी मिडिया प्रा.लिले यो वर्ष पनि कथा लेखन प्रतियोगिता गर्ने भएको छ । बाह्रखरी मिडियाले आज पत्रकार सम्मेलन गरेर चौथो संस्करणको ‘बाह्रखरी कथा प्रतियोगिता’को घोषणा गरेको हो । 

बिजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो प्रतियोगितामा संसारभर रहेका लेखकहरुले नेपाली कथा सम्प्रेषण गरेर भाग लिन पाउने आयोजकले जनाएको छ ।


प्राप्त भएका कथाहरुबाट आन्तरिक निर्णायकबाट ५० कथा चुनेर निर्णायक मण्डललाई पठाउनेछन् । ती कथाबाट ‘उत्कृष्ट कथा २०७९’ छनोट गरिने बाह्रखरी मिडियाका सम्पादक प्रतीक प्रधानले जानकारी दिए । उत्कृष्ट कथामध्ये २५ वटाको संग्रह प्रकाशन गरिनेछ । यो प्रतियोगिताले नव प्रतिभालाई स्थापित बनाउनका साथै अग्रजको सम्मान हुने उनले विश्वास लिए ।

‘म आफैँ चाहिँ साहित्यकार होइन, तर साहित्यलाई निरन्तरता दिने प्रयास यही प्रतियोगिता मार्फत हुने कुरामा म विश्वस्त छु ।’  प्रधानले भने ।

उक्त कार्यक्रममा निणर्यकहरुको नाम पनि सार्वजनिक गरिएको थियो । जसमा निर्णयक समितिका संयोजक प्रा. डा. कुमार प्रसाद कोइराला, सगुना शाह र उमा सुवेदी रहेका छन् । 

प्रथम संस्करणकी विजेता बिना थिङले, घटना देख्ने, भोग्ने र सरसरती उतार्ने भन्दा पनी पात्रदे के सोचिरहेको छ, मगजमा के छ, त्यो विचार गर्नुपर्ने भन्ने कुरामा जोड दिइन । कथामा चरित्र स्थापना गर्नु नै कथाको विशेषता हो, उनले भनिन् ।

तेस्रो संस्करणका विजेता मनोज आदित्य न्यौपानेले विषय, पात्र, र विचार फरक खाले आओस भन्नेमा जोड दिए । शिशिरले जुन वसन्तको रुख बनाएको छ, त्यो काम उक्त कार्यक्रमले दिएको उनले बताए । 

प्रा. डा. कुमारप्रसाद कोइरालाले पहिलो सर्जक ठूलो, त्यसपछि सिर्जना शक्तिशाली हुदैँ पाठक बलियो रहेको कुराका जोड दिए । “साहित्य भन्दा अरु त्यस्तो कुनै माध्यम छैन् जसले कलात्मक तथ्यले भाव प्रस्तुत गरोस,” उनले भने । 

पत्रकार सम्मेलनमा सुदिप आचार्यले हाम्रा कथाहरु पनि छुट्टै रहेको र यो पनि आउनुपर्ने करामा जोड दिए ।  यो नेपाललमा कथा प्रतियोगिताको सर्वाधिक पुरस्कार हो।
 

यस्ता छन् शर्त तथा नियम : 

- कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । अन्य भाषामा लेखिएका अप्रकाशित मौलिक कथालाई नेपालीमा अनुवाद गरी पठाउन सकिनेछ । अनुवाद लेखक आफैंले गर्नुपर्नेछ । 
-अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहोयाएर पठाउन पाइनेछैन ।
-निर्णय प्रक्रियामा कथाको भाषिक शुद्धतालाई पनि महत्त्व दिइनेछ। 
-कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुञ्जेल प्रतियोगितामा पठाइएको कथा कतै । पनि प्रकाशन वा प्रसारण गर्न पाइनेछैन ।
-छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
-१२ खरी कथा प्रतियोगितामा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न १२खरी बुक्सुको पूर्वस्वीकृति अनिवार्य छ। 
- कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ । 
-प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ।
 


Author

थप समाचार
x