अनियमितता

सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
साउन ३२, २०८० बिहीबार १५:३८ बजे

फाइल फोटो

काठमाडौँ–सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत विनोद पोखरेल विरुद्ध अख्तियार दुरुपयोग आयोगले  भ्रष्टाचार मुद्दा हालेको छ । 

लेखा अधिकृत पदम विनोद भन्ने पद्म विनोद पोखरेलले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइरहेको भेटेपछि आयोगले  नियन्त्रणमा लिएको थियो । 


पोखरेललाई अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइका थिए । आयोगले पोखरेललाई एक लाख विगो जरिमाना सहित कैद सजायको माग राखी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
 


Author

थप समाचार
x