पूर्वाधार

परसपुर–गौघाट सडक ठेक्का सम्झौताको सोह्र महिनापछि निर्माण सुरु

इकागज |
असोज २०, २०८० शनिबार २०:२३ बजे

राँझा - बाँकेको परसपुर–गौघाट सडक ठेक्का सम्झौता भएको १६ महिनापछि निर्माण सुरु भएको छ । 

बाँकेको खजुरा, जानकी र बर्दियाको बढैया गाउँपालिकालाई नेपालगन्जसँग जोड्ने परसपुर–गौघाट सडक निर्माणका लागि कन्काई–गणपति निर्माण कम्पनीले काम थालेको हो ।


दश किलोमिटर गौघाट–परसपुर सडकखण्ड निर्माणका लागि कन्काई–गणपति रु १४ करोडमा ठेक्का पाएको हो । निर्माण कम्पनीका प्रमुख तुलसीराम भण्डारीले म्झौताअनुसार समयमै काम सम्पन्न गर्ने बताए । ।“शुक्रबारदेखि काम सुरु भएको छ, सुरुआतमा खाल्डाखुल्डी सम्याउने काम हुन्छ । 

निर्वाचनको बेला प्रमुख चुनावी मुद्दा बन्दै आएको यो सडकखण्डको निर्माण सुरु नहुँदा जनप्रतिनिधिलाई काम थाल्न सर्वसाधारणले दबाब दिँदै आएका थिए । खजुरा गाउँपालिकाका प्रवक्ता धनराम ओलीले आफूहरू निर्वाचित भएर आएपछि परसपुर–गौघाट सडकखण्डलाई प्राथमिकतामा राखेर काम गरेको बताए । रासस


Author

थप समाचार
x