घटना-दुर्घटना

भोजपुरमा आगलागी भई मृत्यु हुने बालबालिकाको पहिचान खुल्यो

इकागज |
चैत ४, २०८० आइतबार ९:९ बजे

सांकेतिक फोटो

भोजपुर - भोजपुरको हतुवागढी गाउँपालिका-७ पात्लेपानीमा आगलागी हुँदा एकै परिवारका मृत्यु भएका  ३ जना बालबालिकाको पहिचान खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार केदार कार्कीका ५ वर्षका छोरा प्रनिश कार्की र रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस कार्कीको मृत्यु भएको हो ।


गोठबाट सल्किएको आगोले खेलिरहेका बच्चालाई भेटेको र उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, भोजपुरको टक्सारमा जंगलबाट सुरु भएको आगो बस्तीमा पस्दा ८ घर पूर्ण रूपमा जलेका छन् ।

भोजपुर नगरपालिका-१२, टक्सारको मालेबाँसस्थित जंगलमा लागेको आगो बस्तीमा पस्दा घर-गोठ जलेको हो ।


Author

थप समाचार
x