स्वास्थ्य

आफ्ना लागि सही प्रजनन केन्द्रको छनोट कसरी गर्ने ?

इकागज |
चैत २, २०८० शुक्रबार २२:० बजे

काठमाडौँ- परिवार सुरु गर्नु एक रोमाञ्चक अनि नितान्त व्यक्तिगत यात्रा हो । प्रजनन क्षमतासँग सम्बन्धित समस्याहरूको सामना गरिरहेका जोडीहरूका लागि सही प्रजनन केन्द्रको छनोट एक महत्वपूर्ण कदम हो । यसका निम्ति धेरै विकल्पहरू उपलब्ध भएका कारण तपाईंको व्यक्तिगत आवश्यकतासँग मिल्दोजुल्दो र उत्कृष्ट सम्भावित हेरचाह प्रदान गर्ने केन्द्र फेला पार्नु महत्त्वपूर्ण हुन्छ ।

वरिष्ठ प्रजनन विशेषज्ञ र इन्दिरा आईभिएफ, नेपालकी केन्द्र प्रमुख डा. नेहा होमागाईँ प्रजनन यात्राका लागि सही सहयात्री छनोटको महत्त्वमा जोड दिँदै भन्छिन्, 'हामीलाई थाहा छ, परिवार निर्माण गर्नु एक नितान्त निजी यात्रा हो र यसका लागि सही प्रजनन केन्द्रको छनोट गर्नु एक महत्वपूर्ण कदम हो । इन्दिरा आईभीएफ नेपालमा हामी व्यक्ति र दम्पतीहरूलाई वहाँहरूको अभिभावकत्वको यस अद्वितीय यात्रामा मद्दत गर्न हाम्रो विशेषज्ञतालाई बिरामी-केन्द्रित दृष्टिकोणसँग संयोजन गर्दर्छौं ।'


प्रजनन केन्द्र छनोट गर्दा विचार गर्नुपर्ने केही आवश्यक तत्वहरू यहाँ छन्:

●     मान्यता र प्रमाणीकरण: केन्द्रलाई प्रतिष्ठित संस्थाद्वारा मान्यता दिइएको छ भनी सुनिश्चित गर्नुहोस् । यसले गुणस्तर र सुरक्षाका उच्च मापदण्डहरूको पालना भएको जनाउँछ ।
●     सफलता दरहरू: निर्णयका लागि सफलता दरहरू एकमात्र कारक हुनुहुँदैन, तर आफ्नो जस्तै केसहरूका लागि केन्द्रको ट्र्याक रेकर्ड विचार गर्नुहोस् ।
●    अनुभव र विशेषज्ञता: प्रजनन विशेषज्ञ र कर्मचारीहरूको योग्यता र अनुभवका बारेमा बुझ्नुहोस् । बोर्ड-प्रमाणित चिकित्सक र प्रयोगशालाका अनुभवी कर्मचारीहरू खोज्नुहोस् ।
●    उपचारका विकल्पहरू: इन भिट्रो फर्टिलाइजेसन (IVF), इन्ट्रायूटेरिन इन्सेमिनेशन (IUI) र अन्य सहित केन्द्रले प्रदान गर्ने उपचारका दायराबारे सोधपुछ गर्नुहोस् । तिनीहरू तपाईंको विशेष आवश्यकता र प्राथमिकतासँग मिल्छन् कि मिल्दैनन् सुनिश्चित गर्नुहोस् ।
●    वित्तीय पारदर्शिता: उपचारको लागत पहिले नै छलफल गर्नुहोस् र सम्बन्धित शुल्कहरूका बारेमा बुझ्नुहोस् । केन्द्रले उपलब्ध गराउने किस्ता भुक्तानी वा ऋण सुविधाजस्ता वित्तीय सहायता प्रस्तावहरूको बारेमा जाँच गर्नुहोस् ।
●    भावनात्मक समर्थन: प्रजनन उपचारहरू भावनासँग जोडिएका हुन्छन् । त्यसैले बिरामी-केन्द्रित दृष्टिकोण भएको केन्द्र छान्नुहोस् जसले मातृत्वको यात्राभरि उचित परामर्श र सहायता प्रदान गर्दछ ।
●     सुविधा: स्थान, अपोइन्टमेन्टको उपलब्धता र यात्रामा लाग्ने समयले तपाईंको उपचारलाई महत्त्वपूर्ण रूपमा प्रभाव पार्न सक्छ ।
●   बिरामी समीक्षाहरू: केन्द्रको वातावरण र दृष्टिकोणका बारेमा अन्तर्दृष्टि प्राप्त गर्न अन्य बिरामीहरूबाट अनलाइनमा उपलब्ध समीक्षा र टेस्टीमोनियलहरू पढ्नुहोस् ।

आफ्नो समय लिनुहोस्, राम्ररी अनुसन्धान गर्नुहोस् र यो महत्त्वपूर्ण यात्रामा आफू विश्वस्त र सहज नभएसम्म प्रश्नहरू गरिरहनुहोस् ।

भारतको प्रजनन अस्पतालहरूको अग्रणी श्रृंखला इन्दिरा आईभीएफले नेपालको काठमाडौँमा आफ्नो पहिलो केन्द्र खोलेको छ । यो विस्तारले नेपालमा सुलभ र किफायती बाँझोपन उपचारको बढ्दो आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । क्लिनिकले व्यापक उपचार र भावनात्मक सहायता प्रदान गर्दछ र उन्नत प्रविधिहरूको प्रयोग मार्फत् दम्पतीहरूलाई अभिभावकत्वको बाटोमा सशक्त बनाउन मद्दत गर्दछ । बिरामी-केन्द्रित उपचार र अत्याधुनिक प्रविधिप्रतिको प्रतिबद्धताका साथ इन्दिरा आईभीएफले नेपालमा बाँझोपनको उपचारलाई रूपान्तरण गर्ने र आशावादी अभिभावकहरूलाई उज्ज्वल भविष्य प्रदान गर्ने लक्ष्य राखेको छ ।

इन्दिरा आईभीएफका बारेमा:

इन्दिरा आईभीएफ भारतको सबैभन्दा ठूलो बाँझोपन विशेष क्लिनिक चेन हो जसको देशभरिमा १२० भन्दा बढी केन्द्रहरू रहेका छन् भने यहाँ २७०० भन्दा बढी उत्साही कर्मचारीहरू कार्यरत छन् । इन्दिरा आईभीएफले एक वर्षमा लगभग चालिस हजारभन्दा बढी आईभीएफ उपचार विधिहरू पूरा गर्ने गरेको छ जुन देशभरिमै सबैभन्दा ठूलो सङ्ख्या हो ।

एक जिम्मेवार अनि अग्रणी संस्थाका रूपमा इन्दिरा आईभीएफले बाँझोपनको बारेमा व्याप्त भ्रम, वर्जना, मिथक र गलत जानकारी हटाउन निरन्तर प्रयास गर्छ । इन्दिरा आईभीएफ प्रजनन उपचारका लागि दक्ष जनशक्तीको विकास र ग्रुमिङ गर्न पनि प्रतिबद्ध छ । सन् २०२३ मा रणनीतिक रूपमा संगठनमा BPEA-EQT लगानी गरिएको थियो ।

इन्दिरा आईभीएफको स्थापना सन् २०११ मा राजस्थानको उदयपुरमा डा. अजय मुर्डियाद्वारा गरिएको थियो ।
 


Author

थप समाचार
x