स्वास्थ्य

वीर अस्पतालमा डिप ब्रेन स्टुम्युलेसन उपचार विधि प्रयोगमा ल्याइँदै

इकागज |
फागुन २४, २०८० बिहीबार २०:० बजे

काठमाडौँ- वीर अस्पतालको न्यूरो सर्जरी विभागले परम्परागत उपचार विधि प्रभावकारी नभएको भन्दै डिप ब्रेन स्टुम्युलेसन उपचार विधिद्वारा बिरामीको उपचार गर्ने भएको छ । 

अस्पतालले पार्किन्सन, छारेरोग डिप्रेसन शारीरिक कम्पन, डिस्टोनिया, ओसिडी जस्ता रोगमा उक्त उपचार विधि प्रयोगमा आउन लागेको न्यूरो सर्जरी विभाग प्रमुख प्रा. डा. राजिव झाले बताए ।


परम्परागत रूपमा प्रयोग हुँदै उपचार विधिको प्रभावकारिता न्यून भएको भन्दै अस्पताल यस प्रकारको उपचार विधि प्रयोगमा ल्याउन लागेको बताइएको छ । 

उक्त प्रक्रियाका लागि अस्पतालले आगामी चैत्र १८ गतेसम्म बिरामीहरूको छनोट गरिसक्ने झाले बताए । 

परम्परागत उपचार विधिद्वारा निको नभएका तथा सम्बन्धित रोग लागेका बिरामीहरूले अस्पतालको न्यूरो सर्जरी विभागमा सम्पर्क गर्न विज्ञप्‍तिमार्फत अनुरोध गरिएको छ ।


Author

थप समाचार
x