स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८’ परिवर्तन गर्दै

इकागज |
माघ १७, २०८० बुधबार १४:२२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८’ परिवर्तन गर्ने तयारी गरेको छ ।

एम्बुलेन्स सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाइ घाइते तथा बिरामीलाई अस्पताल पुर्वको सेवा छिटोछरितो दिन मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका जारी गरेको थियो ।


‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८’  थप परिमार्जन गरी सरोकारवालाई सुझाव पेश गर्न मन्त्रालयले आग्रह गरेको छ । फागुन १५ गतेसम्म सरोकारवालाहरूले मन्त्रालयमा उपस्थित भएर वा इमेल गरेर सुझाव दिन सक्ने मन्त्रालयले जनाएको छ  ।

सरोकारवाला सरकारी, सामुदायिक, सहकारी र निजी स्वास्थ्य संस्था तथा सम्पूर्ण सरोकारवालाहरूलाई मन्त्रालयले अनुरोध गरेको छ ।


Author

थप समाचार
x