फुटबल

म्यानचेस्टर सिटी शीर्ष स्थानमा, न्यूकासलसँग टोटेनहम पराजित

इकागज |
बैशाख २, २०८१ आइतबार १०:२१ बजे

काठमाडौँ- साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति सम्पन्न खेलमा लुटोन टाउनलाई ५-१ गोलअन्तरले पराजित गर्दै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको हो ।


सिटीको जितमा माटेओ कोभासिस, अर्लिङ हालान्ड, जेरेमी डोकु र जोस्को भार्डियोलले एक-एक गोल गर्दा लुटोन टाउनका डाइकी हासलोकाले एक आत्मघाती गोल गरे । लुटोन टाउनका लागि रोस बार्कलीले एक गोल फर्काए ।

जितसँगै सिटीले ३२ खेलबाट ७३ अंक जोडेको छ । यता दोस्रो स्थानमा रहेको आर्सनल र तेस्रो स्थानको लिभरपुलको समान ७१-७१ अंक रहेपनि गोलअन्तरमा भने आर्सनल लिभरपुल भन्दा माथि छ ।

यता अर्को खेलमा न्यूकासलले भने टोटेनहमलाई ४-० गोलअन्तरले पराजित गर्‍यो ।

न्यूकासलको जितमा अलेक्जेन्डर इसाकले २ तथा एन्थोनी गोर्डोन र फावियन सारले एक-एक गोल गरे ।

जितसँगै ३२ खेलबाट ५० अंक जोडेको न्यूकासल छैटौं स्थानमा उक्लिएको छ भने ६० अंक जोडेको टोटेनहम पाँचौँ स्थानमा छ ।


Author

थप समाचार
x