फुटबल

ला लिगाः बार्सिलोनामाथि रियल मड्रिडको दूरी फराकिलो बन्दै

इकागज |
चैत १९, २०८० सोमबार १०:४९ बजे

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत शीर्ष स्थानको रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनामाथिको अंक दूरी बढाउँदै लगेको छ ।

आइतबार राति सम्पन्न खेलमा एथलेटिको बिलबाओलाई २-० गोलअन्तरले पराजित गर्दै रियल मड्रिडले बार्सिलोनासँगको दूरी ८ अंकमा पुर्‍याएको छ ।


३० खेलबाट रियल मड्रिडले ७५ अंक हात पार्दा समान खेल खेलेको बार्सिलोनाको ६७ अंक छ । यससँगै रियल मड्रिड उपाधि नजिक समेत पुग्दै गएको छ ।

आइतबार रातिको खेलमा रियल मड्रिडलाई जित दिलाउन दुवै गोल रोड्रिगोले गरे ।


Author

थप समाचार
x