फुटबल

इंग्ल्यान्डले बेल्जियमसँग बराबरी खेल्दा पोर्चुगल पराजित

इकागज |
चैत १४, २०८० बुधबार १०:३५ बजे

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डले बेल्जियमसँग बराबरी खेलेको छ ।

मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले बेल्जियमसँग २-२ गोलको बराबरी खेलेको हो ।


इंग्ल्यान्डका लागि इभान टोनी र जुड बेलिङ्घमले एक-एक गोल गर्दा बेल्जियमका लागि दुवै गोल योरी टिलेमान्सले गरे ।

यता मंगलबार राति नै भएको खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोलअन्तरले पराजित गर्‍यो ।

स्लोभेनियाको जितमा एडम केरिन र टिमी म्याक्सले एक-एक गोल गरे ।

अर्को खेलमा जर्मनीले नेदरल्यान्ड्सलाई २-१ गोलअन्तरले हरायो । जर्मनीको जितमा म्याक्सिमिलियन मिटेलस्टाड र निकलास फुलक्रुगले एक-एक गोल गरे । नेदरल्यान्ड्सका लागि एक मात्र गोल जोए भिरमनले गरे ।


Author

थप समाचार
x