फुटबल

नेपालको पोस्टमा बहराइनको पाँच गोल

इकागज |
चैत ९, २०८० शुक्रबार ७:११ बजे

काठमाडौँ- नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको छ । विश्वकप र एसियन कप दुवैको छनोट खेल अन्तर्गत बहराइनको नेशनल स्टेडियममा गएराति खेलमा बहराइनले नेपाललाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो । 


यो हारसहित नेपालले एशियाबाट विश्वकप छनौटको समूह एच मा लगातार तेस्रो हार ब्यहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार ब्यहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार ब्यहोरेको थियो ।

त्यस्तै बहराइनले आफ्नो तेस्रो खेलमा दोस्रो जित हासिल गर्दै ६ अंक हासिल गरेको छ । यस अघि बहराइन युएईसँग २-० ले हारेको थियो भने यमनलाई २-० ले नै जितेको थियो । 

अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ ।  

दशरथ रंगशाला खेल लायक नभएपछि नेपालले होम एण्ड अवे दुवै खेल बहराइनमै खेल्दै छ ।


Author

थप समाचार
x