क्रिकेट

आईपीएल : लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो

इकागज |
बैशाख १९, २०८१ बुधबार ६:३६ बजे

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्टले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा लखनउले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १४५ रनको लक्ष्य्य पछाएको लखनउले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि मुम्बईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो ।


यो जितपछि लखनउ सुपर जाइन्ट तेस्रो स्थानमा उक्लिएको छ । १० खेलमा ६ जित र ४ हारसहित १२ अंक बटुल्दै लखनउ तेस्रो स्थानमा उक्लिएको हो ।

त्यसैगरी यो हारपछि मुम्बईको प्लेअफको सम्भावना सकिएको छ । १० खेलमा ३ जित र ७ हार बेहोरेको मुम्बईको ६ अंक छ र नवौं स्थानमा झरेको छ ।


Author

थप समाचार
x