फुटबल

मेस्सीलाई पुनः क्लबमा फर्काउन बार्सिलोना प्रयासरत

इकागज |
चैत १८, २०७९ शनिबार ९:५३ बजे

काठमाडौँ- स्पेनिस क्लब बार्सिलोनाले अर्जेन्टिनाका स्टार फरवार्ड लियोनल मेस्सीलाई पुनः क्लबमा भित्र्याने प्रयास जारी राखेको छ । बार्सिलोनाले मेस्सीसँग क्लबमा फर्कनका लागि छलफल गरेको बीबीसीले जनाएको छ ।

क्लबका उपाध्यक्ष राफायल युस्तेले पनि मेस्सीसँग क्लब फर्कनका लागि छलफल भएको स्विकार गरेका छन् ।


३५ वर्षीय मेस्सी बार्सिलोनाका लागि सबै भन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका थिए । तर सन् २०२१ मा मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए ।

पीएसजीसँगको मेस्सीको दुई वर्षको सम्झौता समरमा टुंगिदैछ । तर उनले पीएसजीमै बस्ने बताइरहेका छन् ।

गत वर्ष अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका मेस्सीले पीएसजीका लागि ६६ खेलमा २९ गोल गरिसकेका छन् । उनले देशका लागि एक सय गोल तथा समग्रमा ८ सय गोल पूरा गरिसकेका छन् ।


Author

थप समाचार
x