फुटबल

फिफा विश्वकपः स्पेनलाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा

इकागज |
मंसिर २०, २०७९ मंगलबार २३:३४ बजे

काठमाडौँ- मोरक्कोले कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल स्थान बनाएको छ ।

मंगलबार राति भएको प्रि-क्वार्टरफाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै मोरक्को अन्तिम ८ मा प्रवेश गरेको हो ।


पेनाल्टीमा स्पेनका लागि सर्जियो बुस्केट, पाब्लो साराबिया, कार्लोस सोलरले गोल गर्न सकेनन् ।

मोरक्कोका लागि अचरफ हाकिम, अबदेलहमिद साबिरी, हाकिम जिएचले गोल गरे । बादर बेनोनले भने गोल गरन् सकेनन् ।  

यसअघि निर्धारित ९० मिनेट तथा थप गरिएको ३० मिनेटमा दुबै टिम गोलरहित बराबरीमा रहे ।

स्पेनले ७५ प्रतिशत भन्दा बढी बलमाथि नियन्त्रण जमाएपनि गोल भने गर्न सकेको थिएन ।


Author

थप समाचार
x