फुटबल

फिफा विश्वकपः ब्राजिल नकआउट चरणमा

इकागज |
मंसिर १२, २०७९ सोमबार २३:४१ बजे

काठमाडौँ- ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । समूह 'जी' मा लगातार दोस्रो खेल जित्दै ब्राजिलले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।

लगातार दोस्रो खेल जित्न ब्राजिलले स्विटजरल्यान्डलाई १-० गोलअन्तरले पराजित गर्‍यो । यसअघि पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० ले हराएको थियो ।


स्विटजरल्यान्डले भने पहिलो खेलमा क्यामरुनलाई १-० ले पराजित गरेको थियो । सोमबार राति नै भएको अर्को खेलमा क्यामरुन र सर्बियाले ३-३ गोलको बराबरी खेलेपछि ब्राजिल एक खेल अगाबै नकआउट चरणमा पुगेको हो ।

ब्राजिललाई नकआउटमा पुर्‍याउन कासेमिरोले ८३ औँ मिनेटमा गरेको एकमात्र गोल पर्याप्त रह्यो ।

ब्राजिलले समूह चरणको अन्तिम खेल क्यामरुन तथा स्विटजरल्यान्डले अन्तिम खेल सर्बियाविरुद्ध खेल्नेछ ।

 


Author

थप समाचार
x