सुदूरपश्चिम

बझाङको उपनिर्वाचनबाट विजयी प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

इकागज |
बैशाख २७, २०८१ बिहीबार १४:४५ बजे

धनगढी - उपनिर्वाचनमा बझाङ- १ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।


गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको थियो ।
 


Author

थप समाचार
x