फुटबल

आयोजक कतारमाथि सेनेगललाई हराउनैपर्ने दबाब

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १३:९ बजे

काठमाडौँ - आयोजक कतारले फिफा विश्वकप फुटबल अन्तर्गत दोस्रो खेलमा सेनेगलविरुद्ध खेल्दा उसलाई जित्नै पर्न दबाब हुन्छ । समूह 'ए' मा रहेको कतारले समूह चरणको दोस्रो खेल सेनेगलविरुद्ध अल थुमामा स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजेबाट खेल्नेछ ।

पहिलो खेलमै इक्वेडरसँग २-० को पराजय भोगेपछि निराश बनेको कतारमाथि दोस्रो खेलमा जित हात पार्नै पर्ने परेको हो । यस खेलमा पराजित भए कतार समूह चरणबाटै बाहिरिने सम्भावना रहन्छ ।


अर्कोतर्फ अफ्रिकी मुलुक सेनेगल पनि पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-० ले नै पराजित भएको थियो । सेनेगल पनि कतारलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना जीवित राख्न चाहन्छ ।


Author

थप समाचार
x