फुटबल

इन्टर मिलानले जित्यो इटालियन 'सिरि ए' को उपाधि

इकागज |
बैशाख ११, २०८१ मंगलबार १०:२६ बजे

काठमाडौँ- इन्टर मिलानले इटालियन 'सिरि ए' को उपाधि जितेको छ । इन्टर मिलानले पाँच खेल बाँकी रहँदै सिरि ए को उपाधि हात पारेको हो ।

सोमबार राति चिरप्रतिद्वन्द्वी एसी मिलानलाई २-१ गोलअन्तरले पराजित गर्दै २० औँ पटक इटालियन लिगको उपाधि हात पार्न सफल भयो ।


एसी मिलानविरुद्ध इन्टर मिलानलाई जित दिलाउन फ्रान्सेस्को असर्बी र मार्कस थुरामले एक-एक गोल गरे । एसी मिलानका लागि फिकायो टोमारीले एक गोल फर्काए ।

उपाधि हात पारेको इन्टर मिलानले ३३ खेलबाट ८६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको एसी मिलानको ६९ अंक छ ।


Author

थप समाचार
x