फुटबल

स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप : नव जनजागृति क्लब सिमरा विजयी

सरिता दाहाल |
जेठ १९, २०७९ बिहीबार २०:२० बजे

मकवानपुर - मकवानपुरको हेटौंडामा आजबाट सुरू भएको चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा बारा जिल्ला सिमराको नव जनजागृति क्लब विजयी भएको छ । हेटौंडा ५ स्थित पिप्ले रंगशालामा भएको उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सिमराले विजयी सुरुवात गरेको हो ।

नव जनजागृतीका लागि खेलको ८ औं मिनेट विवेक चौधरीले गोल गर्दै अग्रता दिलाए । खेलको दोस्रो हाफको ३४ औं मिनेटमा सिमराका क्रिपाकान्त चौधरीले गरेको गोल विजयी गोल बन्यो ।


प्रतियोगितामा सिमराका विवेक चौधरी ‘म्यान अफ दी म्याच’ घोषित हुँदै १० हजार प्राप्त गरे । यो संगै सिमरा प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

भोलि शुक्रबार चितवनको विएफसी क्लब र काठमाण्डौको चर्चव्वाईज क्लबबीच खेल हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । ३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलीले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् ।


Author

थप समाचार
x