जात्रा-पर्व

सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

इकागज |
मंसिर ३, २०८० आइतबार ६:३४ बजे

फाइल फोटो

काठमाडौँ - देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । वर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् । 

छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । 



Author

थप समाचार
x