वातावरण

बाघ गणनाका लागि राखिएका क्यामेरा चोरी

इकागज |
पुस २३, २०८० सोमबार १२:२२ बजे

काठमाडौं -शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र बाघ गणनाका लागि राखिएका पाँच वटा क्यामेरा चोरी भएको छ । मंसिर २४ गते निकुञ्जमा राखिएका ८८ वटा क्यामेरामध्ये  पाँच वटा क्यामेरा चोरी भएको हो । पश्चिम क्षेत्रको बेलडाँडीबाट ती क्यामेरा चोरी भएको बताइएको छ । 

राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले मालुबेला क्षेत्रमा एक क्यामरा तोडफोड भएको र बेलडाँडी क्षेत्रमा चार वटा क्यामेरा चोरी भएको जानकारी दिए ।


पछिल्लो समय पुस १३/१४ गते क्यामेरा लिन जाँदा चार वटा क्यामेरा चोरी भएको र एउटा तोडफोड भएको फेला पारेको उनले बताए । 

'निकुञ्जमा बाघ गणना तथा अनुगमनका लागि राखिएका क्यामेराहरू हरेक वर्ष जसो चोरी भइरहन्छ', उनले भने । 


Author

थप समाचार
x