वातावरण

कस्तो छ आजको मौसम ?

इकागज |
पुस १३, २०८० शुक्रबार ६:२० बजे

फाइल फोटो

काठमाडौं - हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।


आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ।

राती भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत गण्डकी  प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । 

चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउनुहुन र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


Author

थप समाचार
x