कूटनीति

पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सुनुवाइ समिति​बाट सर्वसम्मतिले अनुमोदन

इकागज |
मंसिर २२, २०८० शुक्रबार १८:११ बजे

पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सुनुवाइ समिति​बाट सर्वसम्मतिले अनुमोदन

काठमाडौँ- ​संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सिफारिस सनिल नेपालको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले पोर्चुगलको राजदूतमा सिफारिस नेपालको संसदीय सुनुवाइ गर्दै सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।


नेपालविरुद्ध समितिमा एक उजुरी परेको थियो भने समितिले शुक्रबार नै उजुरीकर्ता छलफल र प्रस्तावित राजदूतसँग संसदीय सुनुवाइ गरेको थियो । सुनुवाइपछि समितिले सर्वसम्मत रूपमा पोर्चुगलको राजदूतमा सिफारिस नेपालको नाम अनुमोदन गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।

गत कार्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई पोर्चुगलको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । सुनुवाइ समितिबाट अनुमोदन भएसंगै राष्ट्रपतिबाट राजदूत पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


Author

थप समाचार
x