अपराध

ब्रुनाइ पठाइदिन्छु भन्दै भारत लगेर बेच्ने फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

इकागज |
माघ ५, २०८० शुक्रबार १५:१८ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ - काठमाडौं, मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी धादिङ बेत्रावती गाउँपालिका-२ स्थायी घर भएका ५७ वर्षीय वीर बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

पीडितलाई ब्रुनाई पठाइदिने भन्दै झुक्याई २०४७ चैत ३ गते काठमाडौंबाट काँकडभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा भन्ने स्थानमा पुर्‍याई भारतीय नागरिकलाई बेचबिखन गरेको कसूरमा संलग्न रही फरार रहेका उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१४ तिखेदेवलबाट बुधबार पक्राउ गरेको हो ।  


उनले पीडितको श्रीमान ब्रुनाईमा रोजगारीमा रहेको बेलामा श्रीमानले ब्रुनाई ल्याइदिनु भनि मलाई चिठी पठाएका छन भनि झुक्याई काठमाडौंबाट काँकडभिट्टा हुँदै भारतको पश्चिम बंगालस्थित बागडोग्रा भन्ने शहरमा पुर्‍याई अन्जान व्यक्तिको घरमा अपरिचित भारतीय नागरिकहरूको जिम्मामा छोडी गएको, भारतीय नागरिकहरूबाट भारतीय रुपैयाँ १० हजार लिई पीडितलाई बेचबिखन गरेको र भारतीय नागरिकहरूले पीडितलाई रिक्सामा राखी लैजाने क्रममा पीडित रिक्साबाट हाम फाली भारतीय प्रहरीको सम्पर्कमा गएपश्चात उनीहरूले काँकडभिट्टा ल्याई छोडिदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै प्रहरीले उनी उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x