क्रिकेट

लखनउमाथि राजस्थानको सहज जित

इकागज |
बैशाख १६, २०८१ आइतबार ७:५३ बजे

काठमाडौँ - इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो । लखनउले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।


राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ७१ रन बनाए भने ध्रुव जुरेलले ५२ रन बनाएका थिए । त्यसैगरी जोस बटलरले ३४ र यशस्वी जैसवालले २४ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । लखनउका लागि कप्तान केएल राहुलले सर्वाधिक ७६ रन बनाए भने दिपक हुडडाले ५० रन बनाएका थिए ।

यो जितपछि राजस्थानको ९ खेलमा ८ जित र एक हारसहित १६ अंक भएको छ र अंकतालिकामा शीर्ष स्थानमा रहेको छ । त्यसैगरी लखनउको भने ९ खेलमा ५ जित र ४ हारसहित १० अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।


Author

थप समाचार
x