क्रिकेट

सनराइजर्ससँग हार्यो दिल्ली क्यापिटल्स

इकागज |
बैशाख ९, २०८१ आइतबार ७:० बजे

काठमाडौँ - इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।​

गएराति सम्पन्न खेलमा सनराइजर्सले दिल्लीलाई ६७ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २६७ रनको विशाल लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा अल आउट हुँदै १९९ रन बनाएको थियो ।


यसअघि ट्राभिस हेडको आक्रामक ३२ बलमा ८९, अभिषेक शर्माको १२ बलमा ४६ शहबाज अहमदको ५९ तथा नितिश रेड्डीको ३७ रनको मद्धतले सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्स अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । सनराइजर्सको ७ खेलमा ५ जित र २ हारसहित १० अंक भएको छ ।

त्यसैगरी दिल्ली क्यापिटल्सको भने ८ खेलमा ३ जित र ५ हारसहित ६ अंक रहेको छ र अंकतालिकामा सातौं स्थानमा छ ।


Author

थप समाचार
x