क्रिकेट

पञ्जाव किंग्समाथि लखनउ सुपर जाइन्ट २१ रनले विजयी

इकागज |
चैत १८, २०८० आइतबार ६:३७ बजे

काठमाडौँ -  इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले पञ्जाव किंग्सलाई २१ रनले पराजित गरेको हो ।

लखनउले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जाव किंग्सले २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रन बनाएको थियो ।


पञ्जावका लागि कप्तान शिखर धवनले सर्वाधिक ७० रन बनाए भने जोनी बैरस्ट्रवले ४२, लि यम लिभिङस्टोनले २८ तथा प्रभसिमरन सिंहले १९ रन बनाए । त्यस्तै लखनउका बलर मयंक यादवले ३ तथा मोशिन खानले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । लखनउका लागि क्वेंटन डिककले सर्वाधिक ५४, क्रुनाल पाण्डेयले ४३ र निकोलस पुरनले ४२ रन बनाएका थिए । त्यसैगरी पञ्जावका बलर साम कुरानले ३, अर्शदीप सिंहले २ तथा कागीसो रबाडा र राहुल चहरले एक एक विकेट लिएका थिए ।

यो जितसँगै लखनउले यस सिजनमा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पञ्जावले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।


Author

थप समाचार
x