क्रिकेट

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

इकागज |
बैशाख ७, २०८१ शुक्रबार ११:१९ बजे

काठमाडौँ - आइपीएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ ।​

गएराति सम्पन्न पञ्जाव किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कप्तान पाण्डेयलाई १२ लाख जरिवाना गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ ।


कप्तान पाण्डेयले निर्धारित समयभित्र आफ्नो टिमको २० ओभर बलिङ पुरा गर्न सकेका थिएनन् । अब हार्दिकले फेरि यो गल्ती दोहोर्याएमा उनलाई यस भन्दा ठूलो जरिवाना हुने बोर्डले जनाएको छ ।

यस सीजनमा स्लो ओभर रेटका लागि गुजरात टाइटन्सका कप्तान शुभमन गिल र दिल्लीका कप्तान ऋषव पन्तलाई पनि जरिवाना गरिसकिएको छ ।


Author

थप समाचार
x